पेरिस ओलम्पिक : पौडीमा डुआना ३० औँ स्थानमा
पेरिस । नेपालकी डुआना लामा पेरिस ओलम्पिक– २०२४ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा सोमबार ३० औँ स्थानमा रहिन् । सहभागी ३१ खेलाडी मध्ये डुआना ३० औँ भएकी हुन् । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन् ।
पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुआनाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन् । हिटमा भने डुआना ७ खेलाडी मध्ये सातौँ भइन् । डुआनाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । यो समय डुआनाको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि बढी हो । डुआनाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड छ ।
यो स्पर्धामा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा ४ स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ की सहभागी मध्ये सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।
वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी डुआनाले थाइल्यान्डमा अध्ययनसँगै ओलम्पिकको तयारी पनि गरेकी थिइन् । डुआना पेरिसबाट नेपाल जाने र केही दिनको बसाइपछि थाइल्यान्ड फर्कने डुआनाकी प्रशिक्षक नयना शाक्यले जानकारी दिइन् ।
पौडीमा नेपालबाट २ खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाइ ३० तारिखमा पुरुष १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी प्रशिक्षक शाक्यले एंकलमा समस्याका कारण डुआनाले सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको बताइन् । पेरिस ओलम्पिकमा सहभागी ५ नेपाली प्रशिक्षक मध्ये नयनासहित २ जना ओलम्पियन छन् । अर्को ओलम्पियन प्रशिक्षकमा जुडोकी देबु थापा हुन् । देबुले २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पेरिस ओलम्पिकमा डुआनासँगै ३ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण