‘घर नम्बर २’मा आर्यन सिग्देल अनुबन्धित
काठमाडौँ । फिल्म ‘के घर के डेराः घर नम्बर २’ प्रवेश भएको छ । फिल्ममा नायक आर्यन सिग्देल प्रवेश भएसँगै लाइनअप बलियो भएको दाबी गरिएको छ ।
निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भइसकेपनि उनको भूमिकाबारे भने केही खुलाइएको छैन ।
आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग फिल्म क्षेत्रमा बढेको देखिन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन साउनको २५ गतेबाट सुरु हुँदै छ । फिल्ममा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण