ट्रमा सेन्टरमा अत्याधुनिक अपरेसन थिएटर सञ्चालनमा
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौँमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर सञ्चालनमा आएका छन् ।
म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएका अत्याधुनिक मोडुलर अपरेसन थिएटरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् ।
एनएबीएचको मापदण्डअनुसार बनाइएका यी थिएटरमा सम्पूर्ण ढोका बाहिरी वातावरणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्ने इन्सुलेटेड प्रविधिको राखिएको छ ।
ट्रमा सेन्टरमा निर्माण गरिएको मोड्युलर अपरेसन थिएटरमा मेडिकल ग्यास पाइपलाइन प्रणाली, फ्लेक्सिबल लाइट प्यान्डन्टहरू, सर्जन प्यानलमा सही नियन्त्रणहरू, स्क्रब स्टेशनहरू र युटिलिटी प्यान्डन्टहरू पनि अत्याधुनिक प्रयोग गरिएको छ । जसले शल्यक्रियाको गुणस्तरलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सहयोग गर्नुका साथै सङ्क्रमणको जोखिम कम हुन्छ ।
ट्रमा सेन्टरमा मोडुलर ओटी निर्माण गर्दा अपनाइएको नॊ टच प्रविधि ले शल्यक्रियाका क्रममा सङ्क्रमणको जोखिमलाई कम गर्ने र स्वच्छता कायम राख्नमा योगदान पुर्याउने बताइएको छ ।
यस्तै मोड्युलर अपरेसन थिएटरले शल्यक्रियाको सङ्ख्या बढाउनमा सहयोग पुर्याउन पनि बताइएको छ । यसले गर्दा अपरेसनको पर्खाइमा रहेका बिरामीहरूको सूची कम गर्न सम्भव बनाउने ट्रमा सेन्टरले जनाएको छ । त्यसैगरी मोड्युलर अपरेटिङ प्रणालीहरूले सङ्क्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
ट्रमा सेन्टरमा निर्माण गरिएको मोडुलर ओटीमा एलएएफ प्रणालीको अतिरिक्त, उच्च-गुणस्तरको ग्लास प्यानल र स्टेनलेस स्टिल प्यानलहरू प्रयोग गरिएको छ । जसले न्यूनतम मर्मत खर्च बढी सुरक्षा कम सङ्क्रमणको ग्यारेण्टी गरेको हुन्छ । सरकारी अस्पतालहरूमध्ये पहिलो पटक ट्रमा सेन्टरले ग्लास र स्टिल प्यानलसहितको अत्याधुनिक मोडूलर अपरेसन सञ्चालनमा ल्याएको हो । यो मोडुलर ओटिको महत्त्वपूर्ण विशेषता भनेको अपरेसन कक्षमा ब्याक्टेरिया उत्पादनलाई कम गर्नु, स्वच्छ हावा प्रवाह गर्नु, अत्याधुनिक शल्यक्रिया सामाग्री र वातावरणीय शल्यक्रिया कक्ष हुनु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण