केरलको वायनाडमा पहिरो जाँदा १५ जनाको मृत्यु
मङ्गलबार, १५ साउन २०८१, १० : ३०
नयाँ दिल्ली । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।
५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठुलो सङ्ख्यामा मानिसहरू फसेको आशङ्का गरिएको छ । पहिरोमा परेर कति जना पुरिएका छन् भन्ने अहिले बताउन मुस्किल भएको राज्यका वनमन्त्री एके सासीनद्रनले बीबीसीसँग भनेका छन् ।
मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । एनडीआरएफ, कन्नुर डिफेन्स सेक्युरिटी कोर र हवाई बलको हेलिकप्टर उद्धार कार्यमा जुटेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा समस्या आइरहेको बताइएको छ । केरलमा गएको तीन दिनमा कयौँ स्थानमा मुसलधारे झरी परिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको तर्फबाट सम्भव भएसम्मका हरेक मद्दत उपलब्ध गराउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण