‘प्याब्सन लिटिल आइडल २०२४’को खोजी सुरु
काठमाडौँ । प्याब्सन काठमाडौँ र एक्सन इन्टरटेनमेन्टले ‘प्याब्सन लिटिल आइडल २०२४’को खोजी सुरु गरेको छ । जमलस्थित सांस्कृतिक संस्थानमा एक कार्यक्रमका बिच प्रतियोगिता घोषणा गरिएको हो ।
शैक्षिक कोर्समा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको यो १३औँ संस्करण हो । प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने छ । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई २०८१ भदौ १ गतेदेखि प्रशिक्षण सुरु गरी भदौ २२ गते शनिबार अन्तिम प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौँको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिनुहुनेछ भने अन्य विभिन्न विधाका विशेषज्ञहरूबाट समेत प्रशिक्षण दिइने छ ।
कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष एवं वरिष्ठ साहित्यकार प्रेमकुमार राईले शैक्षिक कोर्समा नसमेटिएका तर बदलिँदो समय र प्रविधिका कारण आवश्यक विषयमा छात्राहरूलाई दक्ष बनाउन र उनीहरूमा निहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास एवं व्यक्तित्व विकासका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
प्याब्सन काठमाडौँकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रिता राई (दाहाल)ले आठदेखि १३ वर्ष उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा चारदेखि कक्षा आठसम्मका छात्राहरुको क्षमता अभिवृद्धी र उनीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न कार्यक्रम राम्रो प्लेटफर्म भएकाले सबै विद्यालय तथा अभिभावकलाई सहभागीताका लागि आह्वान गरिन् ।
एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितामा सहभागी सबै छात्राहरूलाई उत्साहित गर्न र उनीहरूमा निहित क्षमता एवं दक्षता अभिवृद्धिका लागि उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधि एवं ट्रफीसहित सम्मान गरिँदै आएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण