आगामी आईपीएल खेल्न बीसीसीआईसामु धोनीको सर्त
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका सर्वाधिक सफल कप्तानमध्ये एक हुन्, महेन्द्रसिंह धोनी । उनी भारतीय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट यसअघि नै सन्न्यास लिइसकेका छन् ।
तर, ४३ वर्षको उमेरमा पनि उनी फ्रेन्चाइज क्रिकेटमा भने सक्रिय छन् । उनी आईपीएल क्लब चेन्नई सुपर किङ्सका कप्तान थिए । तर, अघिल्लो सिजनको आईपीएलमा उनले कप्तानको जिम्मेवारीबाट बिदा लिएका थिए ।
धोनीले कप्तानको जिम्मेवारी ऋतुराज गायकवाडलाई सुम्पिएका थिए । उनी आईपीएलको अघिल्लो सिजनमा केवल खेलाडीको भूमिकामा थिए । बढ्दो उमेरसँगै कप्तान पद त्यागेपछि उनले फ्रेन्चाइज क्रिकेटबाट पनि बिदा लिने अनुमान गरिएको थियो ।
तर, त्यतिबेला उनले यस विषयमा केही बोलेका थिएनन् । अहिले आएर धोनीले आगामी सिजनको आईपीएल पनि खेल्ने सङ्केत दिएका छन् । तर, यसका लागि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग एउटा सर्त राखेका छन् ।
बीसीसीआई उक्त सर्तमा सहमत भएमात्र आफूले आईपीएलको आगामी संस्करण खेल्ने धोनीले बताएका छन् । आगामी सिजनको आईपीएलमा बीसीसीआईले सहभागी टोलीहरूलाई पाँच वा ६ जना खेलाडी रिटेन गर्ने (यसअघि क्लबमा भएका खेलाडीलाई अर्को सिजन पनि आफूसँगै राख्ने) अनुमति दिएमात्र आफूले आईपीएल खेल्ने धोनीले बताएका छन् ।
आईपीएल टोलीहरूले पनि लामो समयदेखि बीसीसीआईले आगामी संस्करणमा चारभन्दा बढी खेलाडी ‘रिटेन’ को अनुमति दिनुपर्ने माग गर्दै आएका छन् । हाल आईपीएलमा कुनै पनि टोलीले चार जना खेलाडीमात्र ‘रिटेन’ गर्न पाउँछन् ।
यसको अर्थ, अब धोनीले आगामी आईपीएल खेल्ने वा नखेल्ने विषय बीसीसीआईको कोर्टमा पुगेको छ । धोनीले गायकवाडलाई कप्तानी सुम्पिएपछि चेन्नई आईपीएलको प्ले–अफ चरणमा पुग्न असफल भएको थियो । अघिल्लो सिजनको आईपीएलमा चेन्नई तालिकाको पाँचौँ स्थानमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण