संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।
सोही क्रममा उनले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठुलो चुनौतीको रूपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताए ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्त्वपूर्ण काम गरिरहेको पनि उनको भनाई छ । उनले भने, ‘समाजको अग्रगतिका लागि सांस्कृतिक क्रान्ति जरुर हुन्छ । नेपाली समाजमा बोक्सीको आरोपमा मारिएका, मरिरहेका, दिसा खुवाइएको कुटपिट गरेको घटना अझै पनि समाजमा छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौँ, यसका लागि त्यो ठुलो चुनौती हो ।’
उनले बोक्सी प्रथासँगै हली, छाउपडी, हरुवा चरुवालगायतका प्रथाहरू अहिले पनि रहेको भन्दै यस्ता प्रकारका समाजमा रहेको कुप्रथाहरूलाई अन्य गर्न सबै सचेत वर्गहरू लाग्नुपर्ने बताए ।
सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।
अग्निदहनमा कलाकारहरू प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमीला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोलालगायत रहेका छन् । चलचित्रको निर्देशन घनश्याम लामिछाने, सहायक निर्देशक परिच्छेद सेन र चन्द्र भण्डारीले गरेका छन् । चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ । चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, प्रोडक्सन डिजाइनर सगर पाण्डेको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण