बेलायत : चक्कु आक्रमणमा मारिएका तीन बालिकाको नाम सार्वजनिक
साउथपोर्ट । बेलायतको मर्सीसाइड प्रहरीले साउथपोर्टमा हिजो भएको चक्कु आक्रमणमा मारिएका तीन बालिकाहरूको नाम सार्वजनिक गरेको छ । मारिने बालिकाहरूमा ६ वर्षीया बेबे किङ, सात वर्षीया एल्सी डट स्टानकोम्बे, सात र नौ वर्षीया एलिस ड्यासिल्वा अगुयर रहेका छन् ।
अन्य ७ जना गम्भीर घाइते भएका छन् । यस घटनामा पीडित अधिकांश बालबालिकाको उमेर छ वर्षदेखि ११ वर्षबिच रहेको बताइएको छ । यस घटनामा घाइते भएका दुई वयस्कको अवस्था पनि गम्भीर रहेको छ ।
सन्दिग्धले चक्कु बोकेर उक्त डान्स क्लासमा छिरेको अनि अन्धाधुन्ध बालबालिकाहरूलाई चक्कु हान्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् । टेलर–स्विफ्ट थिमको डान्स तथा योगा क्लासमा एक किशोरले उक्त हमला गरेको बताइएको छ ।
हत्या र ज्यान मार्ने प्रयास गरेको आरोपमा घटनास्थलबाट प्रहरीले १७ वर्षको एक किशोरलाई पक्राउ गरेको छ । चक्कु प्रहारको कारण अहिलेसम्म खुल्न सकेको छैन । यस घटनाबारे छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण