रिंकु र सूर्यकुमारको अद्भूत बलिङ, भारतले यसरी जित्यो हारिसकेको खेल
पालेकेले । भारत र श्रीलंकाबिचको टी–२० सिरिजको अन्तिम खेलमा भारतले सुपर ओभरमा श्रीलंकालाई पराजित गर्दै सिरिज क्लिन स्वीप गरेको छ । दुई देशबिचको यो लो स्कोरिङ रोमाञ्चक खेलमा भारतले बाजी मारेको हो ।
पहिले ब्याटिङ गरेको भारतीय टोलीले श्रीलंकालाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि शुभमन गिलले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै, रियान पराले २६ रन तथा वासिङ्टन सुन्दरले २५ रन बनाए ।
श्रीलंकाका लागि महिष थिकसानाले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले २ तथा चामिन्दु विक्रमासिंघे, असिथा फर्नान्डो र रमेश मेन्डिसले १–१ विकेट लिए ।
जवाफमा श्रीलंकाको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । १५ ओभरको अन्त्यमा श्रीलंकाको स्कोर एक विकेटको क्षतिमा ११० रन थियो। भारतीय टोलीको पराजय लगभग निश्चित जस्तो देखिन्थ्यो तर १५ औँ ओभरपछि खेलको मोड बदल्यो ।
श्रीलंकाले बाँकी ओभरमा २७ रन मात्रै बनाउन सक्यो र सात विकेट गुमायो । ढिलो पिच देखेर सूर्यकुमार यादवले १९ औँ ओभर रिंकु सिंहलाई दिए । रिंकुले १९ औँ ओभरमा मात्र तीन रन दिएर दुई विकेट लिए ।
२० औँ ओभर बलिङ गर्न आएका कप्तान सूर्यकुमारले पाँच रन दिएर दुई विकेट लिए । जसका कारण खेल बराबरी भयो ।
श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, कुशल मेन्डिसले ४३ रन तथा ओपनर पाथुम निशांकाले २६ रनको योगदान दिए । तर, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि रिंकु र सूर्यकुमारबाहेक वासिङ्टन सुन्दर र रवि विश्नोईले पनि २–२ विकेट हात पारे ।
सुपर ओभरमा ब्याटिङ गर्न आएको श्रीलंकाको टोलीले दुई रन मात्र बनाउन सकेन । जवाफमा ब्याटिङ गर्न आएका भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै खेलमा जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण