लागु औषधसहित युवक पक्राउ, लाखौँको सामान बरामद
रौतहट । रौतहटको सदरमुकाम गौरमा ललितपुरका एकजना युवक लागु औषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ ईमाडोल बस्ने वर्ष २१ को समिर भुसाल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
अस्थाई प्रहरी पोष्ट बसपार्क गौरको टोलीले मंगलवार राती पौने १० बजे चिया पसल अगाडी शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा डाईजिपाम इंजेक्शन २ एमएलको ९६ , नर्फिन इंजेक्शन ९६ , प्रोमेथाजिन फेनारगन ९६ गरी २८८ एमपुल नशालु इंजेक्शन, नगद १७ हजार ७०रुपैयाँ, भारु १० रुपैयाँ, मोबाइल १ सिमसहित बरामद भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
उक्त प्रतिबन्धित लागू औषध २८८ एम्पुल सहित सामानहरू बरामद गरी समिर भुसाललाई पक्राउ गरेर लागू औषध मुद्दामा रौतहट जिल्ला अदालत रौतहटबाट अनुमति भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
उता जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ९ लाख रुपैयाँ बढीको विभिन्न किसिमका अवैध सामान बरामद गरेको छ । ६७ हजार ७०० रुपैयाँको कपडा, १ लाख बराबरको खाद्यान्न, ४ लाख ४० हजार स्रोत नखुलेको रकम, र ३ लाख बराबरको मदिरा तथा सवारी साधन बरामद गरेको छ। बरामद सामानहरू आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण