युद्ध र प्राकृतिक सङ्कटको सामना गर्न साझा नीति आवश्यक : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिने बताएका छन् । फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
समाजवादी, लोकतन्त्रवादी र प्रगतिशीलहरूले सहयोग, भातृत्वको अभिवृद्धि गर्दै विविध खाले सङ्कट र विद्यमान असमानताको हल गर्न तत्काल कदम चाल्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए । अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भुमरीमा पर्ने बताए ।
कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख लगायतको सहभागिता रहेको छ । अध्यक्ष यादव बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण