गायिका शान्तिश्रीले मागिन् माफी

काठमाडौँ । गायिका शान्तिश्री परियारले दर्शक–श्रोतासँग माफी मागेकी छन् । आफ्नो स्वर रहेको तिज गीत ‘बिस्ताराले पोल्यो’ लाई लिएर व्यापक आलोचना र विरोध भएपछि उनले बुधबार एक वक्तव्य जारी गर्दै माफी मागेकी हुन् ।
‘श्रावण ११ गते प्रसारित “बिस्ताराले पोल्यो” भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडियोको केही दृष्यांशहरुका कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु’, उनले अगाडि भनेकी छन्, ‘आगामी दिनमा शब्द सङ्गीत छनौट गरी गाउने वाचा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी