सहकारी अभियानका थालनीकर्ता विश्वबन्धु थापासँग समितिको छलफल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्वबन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतसँग छलफल गरेको छ ।
बुधबार समितिले थापा र बस्नेतसँग छुट्टा—छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । उनले अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको बताए । छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताएको पनि सभापति थापाले जानकारी दिए ।
सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रूपमा र साझालाई आर्थिक प्रणालीका रूपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे । उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रबन्धक परिवर्तन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे ।
थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण