हुम्लामा ट्र्याक्टर दुर्घटना दुई जना घाइते
बुधबार, १६ साउन २०८१, २१ : ०६
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उनका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रीति सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । चालक सुनारको घाँटीमा र सहयोगी प्रीतिको ढाड, टाउको र दाहिने हातमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण