सन्दीप र दीपेन्द्रको टोली अझै जीतविहीन
बिहीबार, १७ साउन २०८१, ०७ : ०७
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली भ्यानकुभर नाइट्सले लगातार चौथो हार बेहोरेको छ । टोली प्रतियोगितामा अझै जीतविहीन रहेको छ ।
बुधबार भएको खेलमा भ्यानकुभर नाइट्स ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो । भ्यानकुभरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य ब्राम्पटनले मात्र ४ विकेट गुमाएर ११ बल अगावै पछ्यायो ।
ब्राम्पटनका लागि बिउ वेब्सटरले सर्वाधिक ४९ रन बनाए भने निक होबसनले ३७ तथा डेभिड वार्नरले २५ रन जोडे । खेलमा सन्दीप निकै महँगो साबित भए । उनले ३ ओभर बलिङ गर्दै ३९ रन खर्चेर १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भ्यानकुभरले रिची बेरिङटनको ३८ रन तथा आसिफ अलीको ३६ रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने अवसर पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण