केरलाको पहिरोमा परेर मर्नेको संख्या १७८ पुग्यो
केरला । भारतको केरला राज्यको वायनाड जिल्लामा गएको पहिरोमा परी अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ ।
धेरै मानिस अझै बेपत्ता रहेको समाचारमा जनाइएको छ । पहिरोमा परी मृत्यु हुनेमा ८१ पुरुष, ७१ महिला र २६ बालबालिका रहेका छन् । वायनाडमा पहिरोपछि उद्धार कार्यका लागि ८८ वटा राहत शिविरहरू स्थापना गरिएको छ । जहाँ ८ हजार ६२७ जना पहिरो प्रभावितलाई राखिएको बताइएको छ ।
मङ्गलबार बिहान १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइसहित चार गाउँमा व्यापक क्षति गराएको समाचारमा उल्लेख छ ।
‘एक हप्ता पहिले नै वर्षा र पहिरोको अलर्ट दिइएको थियो, त्यसपछि पनि उनीहरूलाई धेरै पटक सम्भावित जोखिमबारे भनिएको थियो । तर केरला सरकारले चेतावनीलाई बेवास्ता गर्याे ,’ बुधबार गृहमन्त्री अमित शाहले वायनाड घटनाबारे संसदमा भनेका थिए । केरलाका मुख्यमन्त्री पिनराई विजयनले भने शाहको दाबीको खण्डन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण