नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलको प्रशारण रोकियो
काठमाडौँ । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो ।
च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको एक सेवा प्रदायकले जानकारी दिए ।
उनले विगतमा इन्टरनेट सेवामा पनि यस्तै समस्या उत्पन्न भएको जानकारी अहिले फेरि राष्ट्र बैंकबाट सोही समस्या उत्पन्न भएको उनको भनाइ छ । सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् ।
जसमध्ये एक सुबिसुले एक सूचनामार्फत भनेका छन्, ‘च्यानल प्रसारक र वितरकबीचको वित्तीय समस्याका कारण स्टार, जी, सोनी र कलर्स च्यानलहरुक हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयासरत छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण