हैजाको हटस्पट बन्यो ललितपुर, अन्य कहाँ–कहाँ देखियो ?
काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।
यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ७ जनामा हैजा पुष्टि भएको छ । काठमाडौँ उपत्यकाका ललितपुर, काठमाडौँ र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित नरहेको पाइएको छ ।
बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण