यूएईमा ‘नेपाल आइडल विथ स्टेन्डअप कमेडी’ हुँदै
काठमाडौँ । ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको उपस्थितिमा यूएईमा नेपाल आइडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।
आगामी अगस्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति रहनेछ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम ‘नेपाल आइडल सिजन ५’ का विजेता र उपविजेताहरुको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ ।
नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।
अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेस्टुरेन्ट, भान्साघर रेस्टुरेन्ट , ग्रिन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् । कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण