शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए । गुरुदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए ।
उनले भने, “गुरुदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।”
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए । दिवङ्गत भएका कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण