अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने
काठमाडौँ । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो।
आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए। तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए।
‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो। हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन्। हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने।
आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण