अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

काठमाडौँ । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो।
आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए। तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए।
‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो। हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन्। हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने।
आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन आक्रमण : लगातार तेस्रो रात पनि मस्कोका विमानस्थलहरू बन्द
-
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा सहभागी हुन दुलाल फिलिपिन्स प्रस्थान
-
अमेरिका र भारतबिच व्यापार सम्झौताको लागि फेरि सुरु भयो वार्ता
-
बजेट निर्माणको चटारो : अर्थ मन्त्रालय प्रवेशमा कडाइ गर्न थालियो
-
१८ वर्षअघि च्याम्पियन्स लिगको मस्कटसँगै उदाएकी विलियम्सनसँग जुरेको यो संयोग