जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई डिस्चार्जको तयारी
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका प्रमुख डा सुनील शर्माले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए । उनको अवस्था बुझेपछि खड्कासँगै बाहिरिएका शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए ।
उनले शाक्यको सफल उपचार हुनुले अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भएको प्रतिक्रिया दिए ।
यस्तै अस्पतालकी निर्देशक डा मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन् ।
उनले भनिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’
यसैबिच क्याप्टेन शाक्यलाई घटनाबारे बोल्न नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । सोही कारण शाक्यले आज अस्पतालमै गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको बताइएको छ ।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण