पेरिस ओलम्पिक : यो खेलमा भारतीय समर्थकले कसको समर्थन गर्लान् !
काठमाडौँ । पेरिस ओलम्पिकमा बिहीबार ब्याडमिन्टनको पुरुष एकलतर्फको प्रि–क्वार्टरफाइनल खेल हुँदैछ । त्यसमध्ये एउटा प्रि–क्वार्टरफाइनल खेल सायदै कुनै भारतीय समर्थकले हेर्न चाहला ।
खासमा, भारतले पदकको आशा गरेका दुई ब्याडमिन्टन खेलाडीले पि–क्वार्टरफाइनल खेलमा आपसमै भिडन्त गर्नु पर्ने अवस्था सृजना भएको छ । ओलम्पिकजस्ता ठुला प्रतियोगितामा यस्तो संयोग विरलै देख्न पाइन्छ ।
बिहीबार साँझ भारतका एचएस प्रणोय र लक्ष्य सेनबिच प्रि–क्वार्टरफाइनल खेल हुनेछ । यी दुबै भारतीय ब्याडमिन्टनका प्रभावशाली खेलाडी हुन् । लक्ष्य सेन समूह ‘एल’को विजेता बन्दै प्रि–क्वार्टरमा पुगेका थिए ।
प्रणोय भने समूह ‘के’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका थिए । यी दुई खेलाडीबिच विभिन्न प्रतियोगितामा हालसम्म सात पटक भिडन्त भएको छ । त्यसमध्ये लक्ष्यले प्रणोयलाई चारपटक हराएका छन् । प्रणोयले भने लक्ष्यलाई तीनपटक पराजित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण