अचानक बिरामी परे गायक अरिजीत सिंह

नयाँ दिल्ली । बलिउडका चर्चित गायक अरिजीत सिंह बिरामी परेका छन् । बिरामी भएकै कारण उनले बेलायतमा यही महिना आयोजना हुन लागेका आफ्ना कन्सर्टहरू रद्द गरेका छन् ।
कन्सर्ट अगस्ट ११ देखि बेलायतका विभिन्न स्थानमा आयोजना हुँदै थियो । कन्सर्ट रद्द गर्नु परेकोमा दुःख व्यक्त गर्दै गायकले आफ्ना फ्यानहरूसँग माफी मागेका छन् ।
आफूलाई मेडिकल उपचार चाहिएकोले अगस्टमा हुन लागेको कन्सर्ट स्थगित गर्न बाध्य भएको पोस्टमा उनले भनेका छन् । आफूलाई निको भएपछि यो भन्दा अझ राम्रो र जादुई कन्सर्टहरू आयोजना गर्ने वाचा पनि उनले गरेका छन् ।
पोस्टमा अरिजीतले स्थगित शो आयोजना हुने नयाँ मितिबारे जानकारी दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ मा लण्डनमा, १६ सेप्टेम्बरमा बर्मिङ्घममा, सेप्टेम्बर १९ मा रोटरडम र सेप्टेम्बर २२ मा म्यानचेस्टरमा कन्सर्टहरू हुनेछन् ।
शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् फ्यानहरू
अरिजीतले आफूलाई के भएको हो भनेर पोस्टमा केही पनि बताएका छैनन् । तर उनको यो पोस्ट हरेपछि फ्यानहरू उनको स्वास्थ्यलाई लिएर चिन्तित छन् । सबैले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अरिजीत बलिउडका सबैभन्दा महँगा गायक मध्ये एक हुन् । गएको कयौँ वर्षयता बलिउडको पार्श्व गायन क्षेत्रमा उनले एकछत्र राज गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् सोमबारको लागि विदेशी मुद्राको विनिमय दर
-
बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग