९७औँ अस्कर अवार्डका लागि नेपाली फिल्मको आवेदन खुला
काठमाडौँ । विश्वको सर्वोच्च फिल्म अवार्ड अस्कर (द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस)ले ९७ औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा विदेशी भाषी चलचित्र विधामा नेपाली फिल्मका लागि आवेदन खुला गरिएको छ । सन् २०२५ मार्च २ आइतबारका दिन आयोजना हुने अस्करका लागि नेपाल फिल्म पठाउन अहिले आवेदन खुलाइएको हो ।
अवार्डको प्रतियोगितामा नेपाली फिल्मलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी उक्त प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसबाट अनुरोध पत्र प्राप्त भएको छ । सोही अनुसार ९७औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली फिल्म निर्देशक तथा निर्माताहरूलाई समिति आवेदन मागेको हो ।
९७ औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन नोभेम्बर १, २०२३ (२०८० कार्तिक १५) देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका फिल्महरू योग्य हुनेछन् । त्यसका लागि २०२४ सेप्टेम्बर १२ तारिख अर्थात् मिति २०८१ भदौ २७ गते दिनको ५ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउनुपर्ने प्रावधान राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?
-
सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड
-
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
-
बहुमूल्य वस्तु भन्दै टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जना पक्राउ
-
पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण