सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता

सोमबार, २९ असार २०८३, १४ : ००
सोमबार, २९ असार २०८३

सारांश

  • त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटनाको अनुसन्धानका लागि उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
  • आइतबार पीडित परिवार र सरकारबीच शव बुझ्ने र शव परीक्षण लगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने ९ बुँदे सहमति भएको थियो ।
  • जाहेरी दर्ता भएसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ ।

काठमाडौँ । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन् । अनुसन्धानका लागl गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।  

आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । जाहेरी अनुसार अनुसन्धान र अन्य कानुननी प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ । गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ । असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद हुँदा उनले आत्मदाह गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप