पेरिस ओलम्पिक : पहिलोपटक स्वर्णनजिक योकोभिच
पेरिस । नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा पुरुष एकल टेनिस प्रतियोगिताको स्वर्ण पदकका लागि कार्लोस अल्काराजको सामना गर्ने भएका छन् । यो गत महिनाको विम्बल्डनको फाइनलमा रिप्ले हुनेछ ।
कीर्तिमानी २४ वटा ग्रान्ड स्लाम उपाधि जितेका योकोभिचले शुक्रबार लोरेन्जो मसेट्टीलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै पहिलोपटक ओलम्पिकको फाइनलमा स्थान बनाए । गत महिना अल्काराजसँग पराजित भएका ३७ वर्षीय सर्बियन खेलाडीले ओलम्पिकबाहेक सबै मुख्य सिंगल्स प्रतियोगिता जितेका छन् ।
३ वर्षअघि टोकियोमा चौथो स्थानमा सीमित बनेका उनले सन् २००८ को बेइजिङ ओलम्पिक्समा कांस्य पदक जितेका थिए । ओलम्पिकमा उनले जितेको यो एक्लो पदक हो ।
यसअघि शुक्रबार नै स्पेनका अल्काराजले क्यानडाका फेलिक्स अउगेर अलियासिमलाई ६–१, ६–१ ले हराएका थिए । २१ वर्षीय खेलाडीले पछिल्ला दुई महिनामा तेस्रो फाइनल खेल्दैछन् । उनले गत जुनमा पेरिसमा फ्रेन्च ओपन जितेका थिए भने त्यसपछि विम्बल्डनको उपाधि हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण