पेरिस ओलम्पिकः महिला बक्सिङ खेल विवादबारे आईओसीले के भन्यो ?
पेरिस । पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलका क्रममा भएको विवादबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले विज्ञप्ति जारी गरेको छ । ओलम्पिकमा अल्जेरियन बक्सर इमान खलिफ र इटालियन बक्सर एन्जेला कारिनीबिचको खेलपछि विवाद उत्पन्न भएको हो ।
खलिफ र करिनीबिचको खेल ४६ सेकेन्डपछि सकिएको थियो । इटालियन मुक्केबाज एन्जेला कारिनी खेलको ३० सेकेन्डमै मुक्का प्रहारपछि आफ्नो हेडगियर मिलाउन प्रशिक्षककहाँ गइन् ।
खेल सुरु भएको केही सेकेन्डपछि मात्रै उनले थप खेल खेल्न अस्वीकार गरिन् । यसपछि अल्जेरियन बक्सर इमान खलिफलाई लिएर विवाद सुरु भयो । उनी महिला नभएर पुरुष भएको आरोप लगाइएको छ।
अहिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पेरिस ओलम्पिकको बक्सिङ युनिटले यस विवादमा संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा प्रत्येक व्यक्तिलाई विना भेदभाव खेलकुदमा सहभागी हुने अधिकार रहेको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिङ प्रतियोगितामा योग्यता र प्रवेश नियमानुसार सहभागी हुन लागेको जनाएको छ । साथै, सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिङ युनिटले तोकेको मेडिकल नियम पनि पालना गर्ने पनि स्पष्ट पारिएको छ ।
अघिल्लो ओलम्पिक प्रतियोगिताहरू जस्तै, खेलाडीहरूको उमेर र लिङ्ग राहदानीमा आधारित हुने विज्ञप्तिमा उल्लेख छ। पेरिस ओलम्पिकका लागि नियमहरू तयार गर्न पेरिस बक्सिङ युनिटले टोकियो ओलम्पिकको दिशानिर्देशलाई आधारको रूपमा प्रयोग गरेको विज्ञप्तिमा बताइएको छ।
वास्तवमा, इमान खलिफ सन् २०२३ को विश्व बक्सिङ च्याम्पियनसिपमा बाहिर राखिएको थियो । नयाँ दिल्लीमा भएको च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘अनुसन्धानका आधारमा च्याम्पियनसिपमा सहभागी धेरै बक्सरहरूले आफूलाई चलाखीपूर्वक महिलाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए। तर परीक्षणपछि उनीहरूमा एक्स र वाई क्रोमोजोम रहेको पाइएको थियो । यस्ता खेलाडी प्रतियोगिताबाट बाहिर राखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण