सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द
बरहथवा । सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो ।
उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख संजीपकुमार दुब्बेले जानकारी दिए । उनकानुसार गत आर्थिक वर्षमा जिल्लामा कृषि तथा वनजन्य तीन सय पाँच, सेवामूलक दुई सय, उत्पादनमूलक एक सय ३९, पर्यटनमूलक र निर्माणमूलक आठ–आठ उद्योग दर्ता भएको छ । जिल्लामा व्यावसायिक कृषिका लागि धेरै फार्म दर्ता हुने गरेका उनले जानकारी दिए ।
यस्तै गत आवमा तीन सय ९१ उद्योगको लगतकट्टा भएको छ । लगतकट्टा भएकामध्ये धेरै कृषि उद्योगअन्तर्गत रहेका छन् । यसैगरी उद्योग प्रशासनतर्फ एक सय ४९ वटा र वाणिज्य प्रशासनतर्फको दुई सय ४२ वटा उद्योग बन्द गरिएको हो । ‘‘धेरै बन्द गरिएकामा कृषि उद्योगका फार्म छन्”, उद्योग अधिकृत दुब्बेले भने, ‘‘कृषि अनुदानअन्तर्गत कार्यक्रम सञ्चालनका लागि खोलिएका उद्योग धेरैको लगतकट्टा गरिएको छ ।”
यस्तै गत वर्ष उद्योग प्रशासनतर्फका आठ सय ८७ उद्योग र वाणिज्यतर्फका एक हजार पाँच सय नौवटा उद्योग नवीकरण भएका कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम भने वृद्धि हुँदै गएको छ ।
गत वर्ष छ सय ६० फर्म दर्ता हुँदा तीन सय ५७ वटा महिला र तीन सय चारवटा पुरुषका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता रहने साना उद्योगमा छुट व्यवस्था लागू भएका कारण दर्ता अनुपात बढेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण