शेख हसिनाको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन
आइतबार, २० साउन २०८१, १० : २५
ढाका । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् ।
शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र सेनानीका सन्तानलाई आरक्षणको विषयमा देशभरमा दुई सय जनाभन्दा धेरैको मृत्यु भएकै समयमा यो विरोध प्रदर्शन भइरहेको छ ।
सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रता सङ्ग्राममा संलग्न भएका पूर्व सैनिकका आफन्तहरूलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिएपछि केही अघि बङ्गलादेशमा प्रहरी र प्रदर्शनरत विद्यार्थीहरूबिच हिंसक झडप भएको थियो । प्रदर्शनकारीहरूले ढाकाको प्रमुख सडकलाई अवरुद्ध गर्दा ट्राफिक जाम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण