सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहलाई दोहोर्याउने कांग्रेसको निर्णय
आइतबार, २० साउन २०८१, १२ : ०७
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् । दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण