शास्त्रीय सङ्गीतकार कामतको निधनपछि चुलियो विवाद
काठमाडौँ । मिर्गौला सम्बन्धी रोगका कारण शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएसँगै एउटा विवाद सतहमा आएको छ । काठमाडौँमा सङ्गीत पाठशाला चलाउँदै आएका गुरुदेव बिरामी भएपछि उनको उपचार काठमाडौँमै चलिरहेको थियो । तर आर्थिक अभावका कारण उपचारमा समस्या हुन थालेपछि उनी काठमाडौँबाट आफ्नो घर फर्केका थिए । उनी घर फर्किनुअघि सामाजिक सञ्जालमा यी सबै कुरा उल्लेख गरेका थिए ।
कामतको निधन भएपछि अहिले उनको एउटा भिडियो भाइरल भएको छ । त्यो हो मधेस प्रज्ञा प्रतिष्ठानले कामतलाई दिनुपर्ने रकम नदिएकोबारे ।
निधन हुनुभन्दा केही समय पहिले कामतको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा मधेस प्रज्ञा प्रतिष्ठानले दिनुपर्ने एक लाख रुपैयाँ हालसम्म नदिएको उल्लेख थियो ।
एकातर्फ आर्थिक अभावका कारण उनको उपचारमा समस्या भइरहेको थियो भने अर्कोतर्फ काम गराइसकेको रकम प्रतिष्ठानले नदिँदा उनले आफ्नो पीडा भिडियोमार्फत पोखेका थिए । सायद त्यो एक लाख रुपैयाँ दिएको भए कुनै राम्रो ठाउँमा उपचार हुन्थ्यो र कामतलाई बचाउन सकिन्थ्यो भनेर यतिबेला मधेस प्रज्ञा प्रतिष्ठानले उनलाई रकम नदिएकोमा आलोचना भइरहेको छ ।
एकल गायन सम्पन्न भएपछि कामतले आफ्नो पारिश्रमिक बारेमा प्रतिष्ठानका अध्यक्ष कापडीसँग कुरा गर्दा उनले अहिले रकम निकासा नभएको जानकारी दिएको बताइएको छ ।
यहाँसम्म कि प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको राजीनामा माग भइरहेको छ । मधेस प्रज्ञा प्रतिष्ठानले गत माघ २६ गते महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रको सभाहलमा कामतको एकल गायन कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा गायक कामतले चार घण्टासम्म आफ्नो प्रस्तुति दिएका थिए । सो प्रस्तुतिका लागि प्रतिष्ठानले एक लाख रुपैयाँ पारिश्रमिक दिने भनेको कामतले भिडियोमार्फत जानकारी गराएका छन् ।
एकल गायन सम्पन्न भएपछि कामतले आफ्नो पारिश्रमिक बारेमा प्रतिष्ठानका अध्यक्ष कापडीसँग कुरा गर्दा उनले अहिले रकम निकासा नभएको जानकारी दिएको बताइएको छ ।
तर कामतको निधन भइसक्दा पनि प्रतिष्ठानले सो रकम दिएको छैन । उल्टै विज्ञप्ति जारी गरेर अध्यक्ष कापडीले त्यसरी एक लाख रुपैयाँ दिने वा कुनै पारिश्रमिक दिने कुरा नभएको दाबी गरेका छन् । बरु उनी बिरामी भएको थाहा पाएपछि थप सहयोगका लागि फाइल अगाडि बढाइएको कापडीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
गायक कामतले भिडियोमा मैथिली भाषामा भनेका कुराको नेपाली भावानुवाद यस्तो छ
काम गरेको पैसा दिएको छैन । एक लाखमा कुरा भएको थियो । एक जना तबला वादकलाई लिएर जहाजबाट जनकपुर पुगेँ । प्लेनको टिकट पठाउनु भएको थियो । यस्तो बिरामी हुँदा पनि मैले चार घण्टासम्म प्रोग्राम गरेँ । त्यसपछि फर्किने क्रममा रामभरोस कापडीले मलाई ‘पैसा अहिले निकासा भएको छैन, एक हप्तापछि निकासा हुन्छ, सरकारी करोबार हो, अलिकति ढिलो हुन्छ’ भन्नुभयो । एक हप्तापछि पठाइदिन्छु वा म आफैँ आउँछु भनेर उहाँले मलाई भन्नुभयो । मैले भने ठिकै छ, सरकारी कारोबार छ भने केही छैन भनेँ । हेर्नुस्, त्यो पैसा अहिलेसम्म दिएको छैन ।
- कापडीले विज्ञप्तिमा के भने ?
यो भिडियो आइसकेपछि कापडीले शुक्रबार विज्ञप्ति जारी गरी स्व. कामतको मुखबाट केही शब्द बोल्दै गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा राखिएकोमा प्रतिष्ठानको ध्यानाकर्षण भएको जनाएका छन् ।
कामतले भिडियोमा एक लाख रुपैयाँ दिने सहमति भएको भने पनि कहाँ, कोसँग र के आधारमा सो रकम दिने भन्नेबारे नखुलाएको विज्ञप्तिमा भनिएको छ ।
निधन हुनुअघि आएको त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हरेक ठाउँबाट प्रतिष्ठानका अध्यक्ष कापडीको राजीनामा माग भइरहेको छ ।
साहित्यकार एवं गायक धिरेन्द्र प्रेमर्षिले गायक कामतले आफूलाई पनि डेढ महिना पहिले प्रतिष्ठानले काम गराएको पारिश्रमिक नदिएको जानकारी गराएको बताए ।
गायक कामतले भिडियोमा अध्यक्ष कापडीले पारिश्रमिक बापतको एक लाख रकम नदिएको भन्दै सो रकम उपलब्ध गराउनमा सहयोग गर्न मधेस प्रदेशका प्रदेश सभा सदस्य ललिता दास विद्रोही, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, संगीतकार एवं गायक सुनिल मल्लिक, साहित्यकार श्यामसुन्दर शशीलगायतलाई पनि आग्रह गरेका थिए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले साधक कामतका बारेमा अध्यक्ष कापडीलाई पटकपटक अनुरोध गरे पनि अन्ततः बेवास्ता गर्नु दुःखद रहेको बताए ।
साहित्यकार एवं गायक धिरेन्द्र प्रेमर्षिले गायक कामतले आफूलाई पनि डेढ महिना पहिले प्रतिष्ठानले काम गराएको पारिश्रमिक नदिएको जानकारी गराएको बताए ।
गायक गुरुदेव कामतसँग जिउँदोमा त बेइमानी भयो नै, मृत्यु भएपछि पनि झुट बोलेको आरोप प्रतिष्ठानका अध्यक्ष कापडीले लगाएको भन्दै प्रेमर्षिले आपत्ति जनाए ।
जनकपुरका वरिष्ठ पत्रकार एवं साहित्यकार सुजित झाले प्रतिष्ठानका अध्यक्ष कापडीले निन्दनीय कार्य गरेका हुनाले तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।
सिरहाका पत्रकार एवं कलाकार रोयन्टल मण्डलले पनि गायक कामतीको रकम समयमा नदिएकोमा प्रतिष्ठानका अध्यक्ष कापडीले तत्काल आफ्नो पदबाट राजीनामा दिएर माफी माग्नुपर्ने बताए ।
त्यस्तै सप्तरीका पत्रकार एवं कलाकार कमल मण्डलले कलाकार कामतमाथि प्रतिष्ठानले अन्याय नै गरेको दाबी गरे । उनले भने, ‘सायद प्रतिष्ठानले समयमा रकम दिएको भए उपचारमा केही सहज हुन्थ्यो तर कबुल गरेको रकम नदिनु अपराध नै हो । त्यसैले अध्यक्ष कापडीले राजीनामा दिएर माफी माग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारसम्मका लागि धरहराको टिकट बुक
-
शीतल निवासमा सांस्कृतिक कार्यक्रम, तस्बिरहरु
-
संविधान अनुसार पटकपटक सत्तामा पुगेका दलले पनि मनाए ‘कालो दिन’
-
शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने
-
बुटवलमा कुलोमा खसेर बालिकाको मृत्यु
-
संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दल प्रहार गर्न उद्धत छन् : उपमहासचिव शर्मा