क्रिकेट रंगशाला निर्माणको विषयमा प्रधानमन्त्री ओलीसँग छलफल
आइतबार, २० साउन २०८१, १४ : २१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र खेल क्षेत्रका सरोकारवालाहरुबिच क्रिकेट रंगशाला निर्माणका विषयमा छलफल भएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार लगायतले छलफल गरेका हुन् ।
छलफलमा रंगशाला निर्माणको कामलाई तीव्रता दिने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण