प्रधानमन्त्री र मन्त्रीहरूले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आइतबार कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए । उनले इतिहासमा बोली नभई कर्म बिक्ने बताए । उनले कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे । उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले भ्रष्टाचारका सम्बन्धमा रहेका मुद्दाहरूमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण