हुम्लामा ढिस्कोले पुरिएर ४ जना घाइते
आइतबार, २० साउन २०८१, १८ : ३०

काठमाडौँ । हुम्लाको अदानचुलीमा ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् । अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चारजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा अदानचुली–४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन् ।
उनीहरूलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
-
निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो, राज्य व्यवस्था समितिबाट पारित हुन सकेन
-
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
-
को बन्ला उत्कृष्ट हिरोइन ?
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ