हुम्लामा ढिस्कोले पुरिएर ४ जना घाइते
आइतबार, २० साउन २०८१, १८ : ३०
काठमाडौँ । हुम्लाको अदानचुलीमा ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् । अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चारजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा अदानचुली–४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन् ।
उनीहरूलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण