सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले सातौँ खेलमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्यानकुभर नाइट्सले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले हराएको हो ।
१ सय १० रनको झिनो लक्ष्य भ्यानकुभरले ८ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । भ्यानकुभरका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलको इनिङ्समा ४ चौका र २ छक्का हिर्काए ।
कप्तान उसमान ख्वाजाले ३१ रनको योगदान दिए भने रिची बेरिङटनले १७ रन जोडे । ऐरी ब्याटिङमा आए पनि रन जोड्न अघि नै भ्यानकुभरले खेल जितेको थियो ।
यसअघि मोन्ट्रेयाल १९.२ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । खेलमा प्लेयर अफ द म्याच घोषित मोहम्मद आमिरले ३ विकेट लिए । सन्दीपले ३.२ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर २ विकेट लिए ।
भ्यानकुभरका लागि ड्वेन प्रेटोरियस र हर्ष ठाकुरले पनि २–२ विकेट लिए । ७ खेलपछि ३ अङ्क बटुल्दै भ्यानकुभर अङ्क तालिकाको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण