प्रधानमन्त्रीले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गर्ने
सोमबार, २१ साउन २०८१, १० : २१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण अवलोकन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार प्रधानमन्त्री सोमबार हेटौँडासम्म पुग्ने कार्यक्रम रहेको छ । ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम छ।
त्यसका लागि प्रधानमन्त्रीसहितको टोली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण