सुदूरपश्चिममा कांग्रेसले आर्थिक र सामाजिक मन्त्रालय पाउँदै, को–को बन्दैछन् मन्त्री ?
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने भएको छ ।
सत्ता साझेदार दल नेकपा एमालेसँग भएको सहमति अनुसार कांग्रेसले ती दुई मन्त्रालय पाउने भएको हो ।
योसँगै कांग्रेसले सरकारमा जाने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ । सोमबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुङ्ग्याएको हो ।
मुख्यमन्त्री कमल बहादुर शाहसहित कांग्रेसले आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्कालाई पठाउने निर्णय गरेको हो ।
उनीहरूको सोमबार साढे ३ बजे मुख्यमन्त्री शाहसँगै शपथ ग्रहण हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण