सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु हो : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याइने बताएका हुन् ।
मन्त्री चौरसियाले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरूका बिचमा सहमति जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताए । उनले प्रतिवेदन तयार भइसकेपछि शीर्ष नेताहरूलाई देखाएर संसदमा पेश गरिने बताए । उनले संसदबाट सर्वसम्मत रूपमा पारित गर्नेगरी शीर्ष नेताहरूले सम्बोधन गर्ने पनि बताए ।
मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु रहेको बताए । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडि बढाउनु सरकारको प्रमुख कामहरू रहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण