टीआरसी विधेयकमा जुटेका सहमतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।
टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्य तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलासँग सोमबार प्रधानमन्त्री ओलीले औपचारिक रूपमा ब्रिफिङ लिएका हुन् ।
एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले कार्यदलस्तरमा अहिलेसम्म भएका सबै सहमतिबारे मौखिक रूपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए ।
‘कार्यदलस्तरमा अहिलेसम्म भएका छलफल, सहमति र प्रगतिबारे प्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ’, बर्तौलाको भनाइ छ ।
टीआरसी विधेयकमा यसअघि दलहरूबिच रहेका असहमतिबारे साउन १७ गते सरोकारवालासहित बसेको बैठकमा सहमति जुटेको दलका नेताहरूले बताएका थिए । उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलमा जुटेको सहमतिको लिखित प्रतिवेदन तीन दलका शीर्ष नेतालाई संयुक्त बुझाउने तयारी छ । जुटेको सहमतिबारे प्रधानमन्त्रीले ब्रिफिङ लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले नेताहरूसँगको समय मिलाएर बैठक डाकेपछि कार्यदलका सदस्यहरूले तीनै जना नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने छन् । त्यसपछि टीअआरसी विधेयक संसदबाट पारित भएर कानुन बनाउने प्रक्रियातर्फ अघि बढ्छ ।
कार्यदलस्तरमा मानवअधिकार उल्लंघन, सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयमा सहमति जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण