यातायात व्यवस्था कार्यालय लहानको राजश्व संकलन वृद्धि
सिरहा । यातायात व्यवस्था कार्यालय लहानले गत आर्थिक वर्ष २०८०/०८१मा ५० करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
यातायात व्यवस्था कर्यालय लहानले आर्थिक वर्ष वर्ष २०८०/०८१मा ५० करोड ४२ लाख २४ जहार सात सय ७४ रुपैयाँ राजश्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच करोड भन्दाबढी राजश्व सङ्कलन गरेको हो । कर्यालयले आर्थिक वर्ष २०७९/८० मा ४५ करोड ३५ लाख ७४ हजार तीन सय ९४ रुपैयाँ राजश्व उठेको थियो। अघिल्लो वर्षको तुलनामा पाँच करोड ६ लाख ५० हजार तीन सय ८४ रुपैयाँ बढी राजश्व संकलन भएको कार्यालय प्रमुख कुशेश्वरसाहले जानकारी दिए ।
प्रमुख साहका अनुसार सवारी करबाट ३६ करोड २४ लाख ९५ हजार ८९ रुपैयाँ, सवारी चलक अनुमतिपत्र तथा नवीकरणबाट ११ हरोड १८ लाख ६८ हजा वीस रुपैयाँ, पटके दस्तुर र रुट परमिटबाट ७९ लाख २ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार दुई सय एक वटा नयाँ सवारी दर्ता र नौं हजार २ सय जनालाई नयाँ चालक अनुमति पत्र वितरण भएको जानकारी दिए ।
मधेश प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समय नवीकरण नगराएका सवारीसाधानलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएकाले नयाँ सवारीसाधानको दर्ता बढेको कार्यालय प्रमख साहको साहको भनाइ छ ।
उनका अनुसार यातायात व्यवस्था ऐन अनुसार पाँच वर्ष निरन्तर नविकरण नबुझाएका सवारी साधनलाई नयाँ दर्ता गरउने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण