पाँच महिनामै सीआईबी प्रमुख सरुवा गर्न प्रस्ताव
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।
मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ ।
उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् । ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।
उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । अहिले प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा कार्यरत बज्राचार्यलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको विभागीय कारबाहीको सिफारिस गरेको थियो ।
६० किलो सुनको अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा उनलाई दोषी किटान गरेको थियो । तर, उनलाई सरकारले कारबाही गर्नुको साटो काठमाडौँ उपत्यकाको सुरक्षा कमान्ड सुम्पिने तयारी गरेको भन्दै प्रहरीका उच्च अधिकृतहरू असन्तुष्ट बनेका छन् ।
एआईजी ज्ञवालीलाई ब्युरोबाट हटाएर प्रदेश समन्वय विभाग र डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई बढुवा नियुक्ति गरेर कार्य विभागका पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण