रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।
मन्त्रिपरिषद्ले प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए ।
सीआईबी प्रमुखलाई सरकारले पाँच महिनामा नै सरुवा गरेको छ । ज्ञवाली २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका थिए । ब्यूरोमा पठाइएका थापा उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत