बंगलादेश प्रदर्शन
ढाकामा आफैँ ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी
मङ्गलबार, २२ साउन २०८१, २० : ५७

ढाका । सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् ।
ढाकाको कयौँ स्थानमा मंगलबार विद्यार्थीहरू सडकमा सवारी व्यवस्थापन गरेको देखिए । बिहान ९ बजेदेखि नै मिरपुर क्षेत्रमा करीब २०० विद्यार्थी प्रहरी थाना, चर्च र मन्दिरमा सुरक्षार्थ खटिएका थिए । अघिल्लो रात मिरपुरमा प्रदर्शनकारीहरूको एक समूहले प्रहरी थाना जलाएर खरानी बनाएको थियो ।
बोगुरामा पनि विद्यार्थी र सर्वसाधारणहरूले सडकमा स्वयंसेवकको रूपमा काम गरिरहेका थिए । प्रदर्शनकारीहरूले बोगुरा सहरमा सदर प्रहरी थाना, सदर आउटपोष्ट र ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि त्यहाँ सडकमा एक जना प्रहरी वा ट्राफिक प्रहरी देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म