बंगलादेश प्रदर्शन
ढाकामा आफैँ ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी
मङ्गलबार, २२ साउन २०८१, २० : ५७
ढाका । सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् ।
ढाकाको कयौँ स्थानमा मंगलबार विद्यार्थीहरू सडकमा सवारी व्यवस्थापन गरेको देखिए । बिहान ९ बजेदेखि नै मिरपुर क्षेत्रमा करीब २०० विद्यार्थी प्रहरी थाना, चर्च र मन्दिरमा सुरक्षार्थ खटिएका थिए । अघिल्लो रात मिरपुरमा प्रदर्शनकारीहरूको एक समूहले प्रहरी थाना जलाएर खरानी बनाएको थियो ।
बोगुरामा पनि विद्यार्थी र सर्वसाधारणहरूले सडकमा स्वयंसेवकको रूपमा काम गरिरहेका थिए । प्रदर्शनकारीहरूले बोगुरा सहरमा सदर प्रहरी थाना, सदर आउटपोष्ट र ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि त्यहाँ सडकमा एक जना प्रहरी वा ट्राफिक प्रहरी देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण