चार जिल्लामा देखियो हैजा
काठमाडौँ । देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्युठानमा हैजाका बिरामी देखिएको बताए ।
उनकानुसार यी चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको हो ।
हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता समस्या हुने गरेका चिकित्सकले जनाएका छन् ।
हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशत मृत्यु हुने सम्भावना हुने भएकाले सतर्कता अपनाउने र झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण