कीर्तिमानी विनोद थापाले निकाले गल्फ यात्रा नामक पुस्तक
अमेरिका । अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेश सहित विश्वका ३० वटा भन्दा ज्यादा देशहरूमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका विनोद (बेन) थापाले मेरो गल्फ यात्रा नामक पुस्तक प्रकाशित गरेका छन् । जसलाई उनले माई गल्फ जर्नी नाम दिएका छन् ।
काठमाडौँ बालुवाटार निवासी थापा करिब साढे तीन दशक अगाडि अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनी सूचना प्रविधिका दक्ष व्यक्ति हुन् । उनी अमेरिकाकै प्रतिष्ठित प्रतिष्ठानमा उच्च ओहदामा कार्यरत छन् ।
विश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा विश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरूमा गल्फ खेल्ने उनी सम्भवतः विश्व कै पहिलो गल्फ खेलाडी हुन् ।
अमेरिका आएको ४ वर्ष पछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि बेन थापाले पछाडि कहिले हेरेनन् । उनी अविरल रूपमा गल्फ खेलमा लागे ।
परिणाम स्वरूप उनी अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग सहरमा हुने प्रतियोगितामा धेरै पटक विजेता भएका छन् । उनी साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका क्रियाशील सदस्य पनि हुन् । उनले नै ९ वर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिले सम्म निरन्तर सञ्चालन गरी रहेका छन् ।
पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रूपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।
_2wa5U3fO17.jpg)
_EMX6gd8gOz.jpg)
_ffDqLgsKWk.jpg)
_KooSJmdxyi.jpg)
_M1VrpGVkgC.jpg)
_HpzdaH8gCf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण