बङ्गलादेश घटना
बङ्गलादेशमा बन्यो नयाँ सरकार
बुधबार, २३ साउन २०८१, ०७ : ४८
ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।
राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।
यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण