पेरिस ओलम्पिक : अमेरिकाको अग्रता कायमै, पछ्याउँदै चीन
पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिकाले आफ्नो वर्चश्व कायम राखेको छ । हालसम्म टोलीले ८६ वटा पदक जित्न सफल भएको हो । यसमा २४ स्वर्णसहित ३१ रजत र ३१ कांस्य पदक समावेश छन् ।
अमेरिकालाई चीनले पछ्याइरहेको छ । चीनले हालसम्म २२ वटा स्वर्ण, २१ वटा रजत र १६ वटा कांस्यसहित कूल ५९ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले जम्मा ३५ वटा पदक जितेको छ । यसमा १४ स्वर्ण, १२ रजत र ९ वटा कांस्य पदक छ ।
आयोजक फ्रान्स १३ वटा स्वर्ण पदक जित्दै चौथो स्थानमा कायम रहेको छ । टोलीले १६ रजत र १९ कांस्यसहित कूल ४८ पदक हात पारेको छ ।
पाँचौँ स्थानमा बेलायत रहेको छ । बेलायतको कूल ४६ पदक छ । हालसम्म बेलायतले १२ स्वर्ण, १५ रजत र १९ वटा कांस्य पदक जितेको छ ।
शीर्ष १० स्थानमा क्रमशः दक्षिण कोरिया (११ स्वर्ण), जापान (११ स्वर्ण), इटाली (९ स्वर्ण), नेदरल्यान्ड्स (८ स्वर्ण) र जर्मनी (८ स्वर्ण) रहेका छन् ।
छिमेकी भारत तीन कांस्यसहित ६३ औँ स्थानमा रहेको छ । नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका पदकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण