यसअघि सन् २०१९ मा दुर्घटनामा परेको थियो एयर डाइनेस्टीको अर्को हेलिकप्टर
काठमाडौँ । एयर डानेस्टीको हेलिकप्टर बुधबार दुर्घटनाग्रस्त भएको छ । पाइलट अरुण मल्लसहित ५ जना सवार ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार हालसम्म चार जनाको शव फेला परेको छ । हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।
यसअघि सन् २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । ९एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो ।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएको थियो । विमानमा सवार एयर डाइनेस्टी तथा यति एयरलान्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको पनि निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण