उडेको तीन मिनेटमै एयर डाइनेस्टीको काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई दुर्घटना
काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको हेलिकप्टर (९एन–एजेडी) स्याफ्रुबेशी (रसुवा जिल्ला) जाँदै थियो ।
हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ । दुर्घटनामा ४ जनाको शव फेला परेको उद्धारकर्ताहरूले जनाएका छन् । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण